मानव अधिकार संरक्षणका लागि अभियान



बाँसगढी/  दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि अभियान नै शुरु गर्नु पर्ने सराकारवालाहरुले बताएका छन् ।

दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक अगुवाले यस्तो बताएका हुन् ।

गुलरिया नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि सुशिला गिरीले स्थानीय निकायका जनप्रतिनिधि नै घरेलु हिंसामा पर्ने गरेको बताए । कार्यक्रममा बोल्दै उपप्रमुख गिरीले महिला जनप्रतिनिधि नै यतिबेला हिंसाको शिकार भइरहेको बताए ।

कार्यक्रममा दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले पछिल्लो समयमा बर्दिया जिल्लामा घरेलु हिंसा लगायत दलित महिला माथिको विभेद बढि रहेकोले अब सबै सरोकारवाला निकायहरु एक जुट हुनु पर्ने बताए ।

दलित महिला संघ बर्दियाले बर्दिया जिल्लाको गुलिरया नगरपालिका र बढैयाताल गाउँपालिकामा पनि दलित महिलाहरूका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक २० गते मंगलबार