बर्दिया/ पश्चिम नेपालको पुरानो बजार बर्दियाको राजापुर नगरपालिकामा बसोबास गर्दै आएका स्थानीयहरुले बसोबास गरेको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरू वञ्चित भएका छन् ।
पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न गर्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।
तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकाले म्याद थप्न आग्रह गरिएको अध्यक्ष कृष्णकुमार रेग्मीले बताए । राजापुर नगरपालिकामा जग्गाधनी पूर्जा पाउनबाट २८० जना वञ्चित छन् ।
७५ वर्षदेखि राजापुर नगरपालिकामा बस्दै आएका ४३८ घरमध्ये १५८ ले जग्गा धनीपूर्जा पाएपनि बाँकी २८० जनाले पाएका छैनन् । अधिकार सम्पन्न बहाल बिटौरी समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरेको थियो ।
रासस









प्रतिक्रिया दिनुहोस्