बर्दिया/ ८ बुँद्धे डल्ला होमस्टे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी र प्रेस सेन्टर नेपाल बर्दियाको संयुक्त प्रारम्भिक भेला सकिएको छ । भेलाले पाटी एकतालाई स्वागत तथा शुभकामना व्यक्त गर्दै आम सञ्चारकर्मीहरुको पेशागत हक हितका लागि वकालत गर्ने प्रतिबद्धता घोषणा पत्रमा गरेको छ ।
बर्दिया जिल्लामा रहेका डल्ला होमस्टे लगायत पर्यापर्यटन तथा समग्र बर्दियाको विकासको लागि कलम चलाउने, प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्ने, सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने घोषणा पत्रमा उल्लेख छ ।
भेलाले मेनका चौधरीको संयोजकत्वमा ७ सदस्य कार्य सञ्चालन तथा सम्पादन कार्यदल समेत गठन गरेको छ । जसमा सहसंयोजकमा डिल प्रकाश गौतम, टिकाराम चौधरी, सुदिप अधिकारी, दलबहादुर सुनार सहित २ जना आमान्त्रित सदस्य रहने छन ।
प्रेस सेन्टर नेपाल बर्दियाका अध्यक्ष मेनका चौधरीको अध्यक्षतामा बसेको भेलामा नेकपाका जिल्ला नेताहरु हरि ज्ञवाली, लक्ष्मी प्रसाद शर्मा(आकाश) युवा नेता हरिहर चौधरी, तेजेन्द्र प्रसाद सिग्देल, मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रशुराम चौधरी, गुलरिया नगरपालिका १ का वडा अध्यक्ष प्रताप कुमार गौतम, प्रेस सेन्टरका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रेस चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण वली, नेपाल पत्रकार महासँघ बर्दिया शाखाका सह सचिव प्रभुराम चौधरी लगायत अथितिहरुले सकारात्मक रुपमा नयाँ कुराहरुको खोजि गदै विकास पत्रकारीताको सुरुवात गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चाल प्रेस चौतारीका अध्यक्ष डिल प्रकाश गौतमले सञ्चालन गरेका थिए भने स्वागत दलबहादुर सुनारले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्