४५ जना बदिले गर रक्तदान



नेपालगन्ज,१६ जेठ/  नेपालगञ्जमा रगतको अभाव पुर्ती गर्नका लागि गणतन्त्र दिवसको अवसर पारेर समृद्धिका पाईला बाँकेको सहकार्यमा नेपालगञ्जबाट नियमित प्रकाशन भइरहेको लोकप्रिय सन्देश दैनिकले मङ्गलबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार पछिल्लो समय रगतको अभाव रहेको छ ।

कार्यक्रममा नेकपाका नेता रत्न खत्री, सुर्य ढकाल, सशस्त्र प्रहरीका नायव उपरीक्षक जीवन भट्टराई, लोकप्रिय सन्देशका प्रधान सम्पादक गोविन्द शर्मा, प्रबन्ध निर्देशक आकाश देवकोटा, कार्यक्रम संयोजक दिनेश ठाकुर, पत्रकार कृष्ण वली, भगतराम थारु, गणेश राई, सावित्री विक, आशिक सिद्धिकी, विद्यार्थी नेता ज्ञानबहादुर वम, गोकर्ण न्यौपाने लगायत ४५ जना बढिले रक्तदान गरेका थिए ।

रगत अभाव भएको अवस्थामा गरिएको रक्तदानले थोरै भएपनि राहत भएको केन्द्र प्रमुख रेग्मीले बताए । रक्तदानमा सशस्त्र प्रहरीको महेन्द्रनगरस्थित सीमा सुरक्षा कार्यालय, औद्योगिक सुरक्षा गण र बाँके बगियास्थित जिल्ला बेसका सुरक्षाकर्मीहरुको समेत सहभागी रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार