रावन बिश्वकर्मा : बाँसगढी,५ जेठ/ बर्दियामा जिल्लास्तरिय व्याडमेन्टन संघ गठन गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बर्दिया अध्यक्ष खगेन्द्र खनालको अध्यक्षतामा मधुवन नगपालिकाको सानोश्रीमा बसेको भेलाले बालकृष्ण वलीको अध्यक्षतामा १३ सदसिय व्याडमेन्टन संघ गठन गरेको हो । जसको उपाध्यक्षमा कटक विसी, सचिवमा जितबहादुर केसी, कोषाध्यक्षमा रामबाबु सुवेदी रहेका छन ।
त्यस्तै सदस्यहरुमा अनुपम न्यौपाने, कमल पराजुली, एकनारायण अधिकारी, भोजराज शर्मा, शुनिल अधिकारी, विजय शाह, सागर सेन, बिनोद सिग्देल, प्रर्नेश ढकाल रहेका छन । भेलामा जिल्ला भरीका ४० बढि व्याडमेन्टन खेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७५ जेठ ६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्