रावन बिश्वकर्मा : बाँसगढी,३ जेठ/ बर्दियाको बाँसगढीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय १८ घरधुरीका ९ सय ३२ वटा पशु चौपायहरुको स्वाथ्य जाँच गरिएको छ ।
शिलशिला सामाजिक उद्यम सहकारी संस्था लि. बर्किडेउढा र पशु सेवा शाखा बाँसगढी तथा बाँसगढी नगरपालिकाको अनुदान सहयोेगमा सञ्चालन भएको शिविरबाट बाँसगढी नगरपालिका–७ बभनपुरका ९ सय बढी पशुहरुको स्वास्थ्य जाँच गरिएको हो ।
शिविरमा १ सय १८ घरधुरीका ६ सय ५० ओटा पशुलाई ख्रोरेत रोग विरुद्धको खोप, १ सय ४८ वटा पशुको उपचार र १ सय ३४ पशुहरुको प्रजिवी नियन्त्रण गरिएको पशु सेवा शाखा बाँसगढीका प्रमुख प्रेम कुमार मण्डलले बताए ।
बुधबारदेखि सञ्चालन भएको दुई दिने पशु स्वास्थ्य शिविरको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।
पशु सेवा शाखा बाँसगढीका प्रमुख प्रेम कुमार मण्डलको प्रत्येक्ष निगरानीमा पशु सेवा शाखा बाँसगढीका पशु प्राविधिक ठाकुरदयाल शाह, पशु स्वास्थ्य प्राविधिक दिपक कुमार थापा लगायत ७ जना प्राविधिक कर्मचारीहरुले शिविरमा सेवा दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्