नेपालगन्ज,३१ वैशाख/ जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा बाँकेको बेलहरी स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि पाँच बुँदे प्रतिबद्धताको घोषण गर्दै सामाजिक परीक्षण समपन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य चौकिले प्रवाह गर्ने सेवा, सुविधाको बिवरण सहितको नागरिक वडापत्र तथा गुनासो पेटिकाको व्यवस्थापन गर्र्ने, महिला स्वयंमसेविकाहरुलाई टर्च, लाइट र छाता माग गर्ने, सञ्चालनविहीन अवस्थामा रहेको बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउने, स्वास्थ्य संस्थालाई आवश्यक पर्ने अत्यावश्यक सामग्री तथा अपुग जन शक्तिको लागि गाउँपालिकासँग माग गर्नेे, स्वास्थ्यचौकीमा खानेपानीको व्यवस्थापन गर्ने लगायत रहेका छन् ।
सामाजिक परीक्षणमा जानकी गाउँपालिका कार्यपालिका सदस्य धर्मा थापा, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि चिरञ्जिबी ज्ञवाली, वडा नं. ५ का वडा अध्यक्ष रमेश कुमार वर्मा, स्वास्थ्यचौकी ईन्चार्ज टामलाल बेल्बासे लगायतले सहभागीहरुले उठाएका विभिन्न विषयको जवाफ दिएका थिए ।
यसैगरि, सोमबार नै नेपालगन्ज नगरपालिका वडा नं. ४ मा रहेको नगर स्वास्थ्य चौकीको सामाजिक परीक्षण चार बँुदे प्रतिबद्धताको साथमा सम्पन्न भएको छ । सो कार्यक्रममा स्वास्थ्य संस्थालाई आवश्यक सामाग्रीहरु खरिद गर्ने, भ्याक्सिनका लागि फ्रिजको व्यवस्था गर्ने, खोपको कभरेज बढाउने, आमा समुहलाई परिचालन गर्ने रहेका छन् ।
सामाजिक परीक्षक प्रतिक्षा गिरी र शम्भु शाहीले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्यचौकीकी ईन्चार्ज पुष्पा खड्काले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधाबारे जानकारी गराउनुका साथै गतवर्ष व्यक्त गरिएका प्रतिबद्धता पूरा भए, नभएको बारेमा जानकारी गराएका थिए









प्रतिक्रिया दिनुहोस्