बसको ठक्करबाट एक बालकको मृत्यू



कोहलपुर,३१ वैशाख/ पुर्व पश्चिम राजमार्ग अन्र्तगत बैजनाथ गाउँपलिका—५ जी गाउँमा बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।

ठक्करबाट बर्दिया भैसाही–६ बस्ने ६ वर्षिया बालक बिक्की चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरदेखि बदिर्याको कर्तनिया तर्फ गइरहेको ना ५ ख ५२८६ नम्बरको बसले ठक्कर दिएपछि उपचारको क्रममा नेपालजन्ग मेडिकल कलेज कोहलपुर ल्याउदै गर्दा अत्याधिक रक्तश्राव भई मृत्यु भएको अस्पतालले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३१ गते सोमबार