नेपालगन्ज,११ वैशाख/ चिडिमार समुदायका विपन्न बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ सहयोग तथा सामाजिक विकास केन्द्रको सहकार्यमा सोही वडाका ५० जना बालबालिकाहरुलाई सहयोग स्वरुप एक थान झोला सहित पढाइका लागि आवश्यक सामग्रीहरु वितरण गरिएको केन्द्रका सचिव शिवकुमार बर्माले बताए ।
विपन्न, गरीव एवम् जोखिममा परेका बालबालिकाहरुलाई आफूहरुले सानो सहयोग गर्न पाउँदा निकै खुसी भएको वडा नं.१२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदीले बताए ।
शैक्षिक सामग्री वितरणमा सहभागी भएका प्रशान्त चिडिमारले आफूले पढ्नका लागि प्रोत्साहन स्वरुप शैक्षिक समाग्री पाउँदा निकै खुसी भएको
बताए ।
यसै वडा–१२मा रहेको श्री बागेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विनिता चिडिमारले शैक्षिक सामग्री प्राप्त गरेको आफू निकै खुसी भएको र आगामी दिनमा आफू मेहनेत साथ पढ्ने बताइन् ।
कार्यक्रममा बोल्दै वडा नं.१२ का अध्यक्ष एवम् कार्यक्रममा प्रमुख अतिथि सुवेदीले आफुले बालमैत्री वडाको रुपमा वडा नं.१२ लाई घोषण गर्ने अभियानसंगै शिक्षा आर्जन गर्ने कुराबाट कुनै पनि बालबालिका बञ्चित हुन नदिन आफू लागि परेको बताए ।
उनले भने, ‘अब वडामा कुनै पनि बालबालिका शिक्षाको प्राप्त गर्ने अधिकारबाट बञ्चित हुन पर्दैन, वडाले सकेको सहयोग गर्छ ।’ केन्द्रका अध्यक्ष रामु चिडिमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य दिनेश राज पन्त, फुलमती लुहार ,चन्दा चिडिमार, तरुण बज्राचार्य, बाँके युनेस्को क्लवका ईश्वर विक, समाजसेवी जनकराज आफ्ना भनाइ राखे थिए ।








प्रतिक्रिया दिनुहोस्