दुई दिने तालिम सम्पन्न



कोहलपुर,२२ चैत/  नेपालगन्ज उप–महानगरपालिका वडा नं. १६ मा सञ्चालित दुई दिने सकारात्मक सोच तथा नेतृत्व विकास  तालिम बुधबार सम्पन्न भएको
छ ।

नेपालगन्ज उप–महानगरपालिका १६ नं. वडा कार्यालयको सहयोग र बास नेपालगन्जको आयोजनामा सो तालिम सम्पन्न भएको हो । वडामा रहेका अपांगता भएका व्यक्तिहरुको व्यक्तिहरुका लागि संचालीत सो तालिम समापन कार्यक्रममा तालिमले हौसला थपेको बताए ।

हाल सम्म अपांगता भएका ब्यत्तिहरुका लागि यस्ता तालिमहरु नभएको भन्दै तालिमबाट सिकेको कुराहरु व्यवहारिक रुपमा लागु गर्ने सहभागिहरुले प्रतिबद्धता गरे ।

दुई दिन सम्म चलेको तालिममा सकारात्मक सोच, प्रशंनिय दृष्टीकोण र नेतृत्वका विभिन्न विषयमा राष्ट्रिय अपांग महासंघका अध्यक्ष भावुक थापा, बासकी प्रदेश नं. ३ की संयोजक राधिका गिरी र बासका केन्द्रीय सदस्य शिब कुमार बर्माले सहजिरकण गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा वडा अध्यक्ष मो.हनिफ अन्सारी, सचिब सलाउद्धीन अन्सारी र बासका पूर्ब बाँके शाखा उपाध्यक्ष रोसन अली अन्सारीको उपस्थिति रहेको थियो ।

बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको तालिममा ४० बढीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २२ गते बिहीबार