अभिमुखीकरण कार्यक्रम सम्पन्न



नेपालगञ्ज,१४ चैत/  नेपालगञ्ज उपमहानगर पालिका वडा नं १७ मा सहकारी ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजना तथा एक्शन एड नेपालको साझेदारीमा संचालित स्थनिय अधिकार कार्यक्रम अन्तरगत पछाडी पारिएका समुदायको चेतना अभिबृद्धी गर्दै जीवन स्तर उकास्ने उद्देश्यले गठन गरिएको रिफलेक्ट समुहमा हुन्दै आएको बचतलाई निरन्तरता दिंदै सहकारीमा परिणत गरि दिगो बनाउनका लागी गठन गरिएको सदभाव बचत तथा ऋण सहकारी संस्थाको ब्यवस्थापनमा सुद्धिणीकरण गरि सहकारी मार्फत एक जुट गराई आयआर्जनमा जोडने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल मुस्लिम समाजको अध्यक्ष मो.शेर बागवानले गरेका थिए । भएको थियो भने बचत  तथा जिल्ला सहकारी संघ लीमिटेड बाँकेका संचालक डम्मर मान श्रेष्ठले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा  ३८ जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १४ गते बुधबार