सन्दीप क्रिकेटसँगै अब गायन क्षेत्रमा पनि



काठमाडौं,११ चैत/ इन्डियन प्रिमियर लिग (आईपीएल) तथा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट बाहेक अर्को परिचयसमेत बनाउने भएका छन् ।

सन्दीपे एउटा गीतमार्फत सार्वजनिक भएका छन् । आफ्नो फेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गर्दै यस्तो लेखेका छन्

“गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु, मेरो आगामी एल्बम ‘प्रतिक्षा” तपाईमाझ प्रस्तुत गर्दैछु ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ११ गते आइतबार