सहिद अधिकारीको १०औं स्मृति सभा सम्पन्न



कोहलपुर,७ चैत/   राष्ट्रिय जनमार्चा बाँकेले सहिद कमल प्रसाद अधिकारीको १० औं स्मृति सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा विशेष अतिथि राष्ट्रिय जनमार्चाका केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का केन्द्रीय उपाध्यक्ष बासुदेव पोख्रलले राज्यले शहिद घोषणा प्रति भेदभाव गरेको कारण हाल सम्म पनि सविधान सभामा निर्वाचनका प्रथम शहिद बनेका कमल प्रसाद अधिकारीलाई राज्यले शहिद घोषणा नगरेकोमा आपत्ति
जनाए ।

उनले तत्काल घोषणा गर्न समेत आग्रह गरे । कार्यक्रममा कमल प्रसाद अधिकारीकी पत्नी सीता अधिकारी राष्ट्रिय जनमार्चाका पुर्व केन्द्रिय सदस्य तुलसीराम सापकोटा, नेकपा मसालका प्रवक्ता जगदिश ढकाल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारी लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ७ गते बुधबार