टोलवासी विकास खोज्दै नगरपालिका



नेपालगञ्ज,५ चैत/  नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१ र १८ को विकासका सम्बन्धमा नागरिक अगुवाहरुको अगुवाईमा ध्यानाकर्षण गराइएको
छ ।

वडा नं.१ मा भएको संयुक्त भेलाले गरेको निर्णयबारे स्थानीयवासीको टोलीले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगञ्ज र नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा निर्णयको प्रतिलिपी बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

टोल भेलाले वडा नं.१८ र १ को ढल निकासका रुपमा विस्तार गरिएको नालालाई तत्काल दोन्द्रासंग जोड्न सम्बन्धित निकायमा पहल गर्ने, वडा नं. १ को शिव मन्दिरदेखि विशालचोक सम्मको बाटो निर्माणको माग गर्ने र यसैवर्ष कारकाँदो चोकदेखि नन्दनी मिलसम्मको बाइपास बाटो निर्माण गर्न माग गर्ने निर्णय गरेको थियो ।

नगरको वडा नं.१ र १८ को ढल निकासको मुख्य नाला आधा निर्माणपछि बिचमै छोडेर दोन्द्रा नालासम्म नलगिए डुबानको समस्या समाधान नहुने टोलीले नगरप्रमुखलाई गुनासो गरेको थियो ।

टोलीलाई बाइपास सडक निर्माणका लागि आवश्यक बजेटका लागि सम्बन्धित निकाय पहल गरिरहेको जानकारी गराउँदै नगर प्रमुख डा.धवल शम्सेर राणाले ढल निकास समस्या समाधानका लागि आपूm गम्भिर भएर लाग्ने आश्वासन दिए ।

डिभिजन कार्यालय प्रमुख सुनील ठाकुरले गुलरिया बाइपास सडकका विषयम विभाग समेत सकारात्मक रहेकोले सडक यसैवर्ष बन्न सक्ने बताए ।
शनिवार भएको टोल भेलामा स्थानीयले हरेक वर्ष बाइपास सडकलाई ओझेलमा पारिएको र ढल निकासका लागि स्थानीय निकाय गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

भेलामा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, वडाध्यक्षद्धय प्रमोद रिजाल र दिपक वर्मा लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ५ गते सोमबार