रौतहट,२३ माघ/ धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमूनाबस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गर्नु भयो ।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा निर्माण गरिएको नमुना बस्तीमा भूकम्प–प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण गरिएकोे छ । सो बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावरसमेत निर्माण गरीएको छ ।
गत साउनमा आएको बाढीले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुर गाउँका दलित परिवारको घर डुवानमा परेपछि धुर्मस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।
एकीकृत नमुना बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ । धुर्मस–सुन्तली फाउन्डेसनको यो चौथो परियोजना हो ।









प्रतिक्रिया दिनुहोस्