काठमाडौँ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद र मन्त्रीहरूबीच प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा नियमावली २०८३ को परिच्छेद ८ बमोजिम सांसद र मन्त्रीहरूबीच प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको हो । मंगलबारको बैठकमा परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर गर्ने कार्यसूची अनुसार चार वटा मन्त्रालयका विषयमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो ।
संसदमा परराष्ट्रमन्त्री शिशिर खनाल, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृतिक पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्क राज पौडेल र कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सभाको शून्य, आकस्मिक र विशेष समयमा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नमाथि जवाफ दिएका थिए । यस्तै मन्त्रीको जवाफमाथि सांसदहरूले पुरक प्रश्नसमेत गरेका थिए । सांसद र मन्त्रीहरूको प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रतिनिधिसभाको कार्यसूची बमोजिम प्रधानमन्त्री बालेन्द्र शाह बालेनको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको साताँै वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गरेकी थिइन् ।
यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको सैद्दान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ मन्त्री खनालले दिएका थिए । छलफलपछि सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।
यस्तै विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहने सांसदहरूले संसद सचिवालयमा सूचना दिन सक्नेछन् । मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै आकस्मिक समयमा प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा, प्रेमबहादुर बयक, प्रकाश पाठक, पूर्णप्रसाद लिम्बु र श्रीराम न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रमा रहेको समस्या र समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।
यसैगरी, शून्य समयमा प्रतिनिधिसभा सदस्य बलावती शर्मा, बसुमाया तामाङ, बासना थापा, विना गुरुङ, बुद्धरत्न महर्जन, बुद्धिप्रसाद पन्त, भरतकुमार स्वार, भरतप्रसाद पराजुली, भरत बहादुर खड्का, भीमकुमारी बुढामगर, मदनकृष्ण श्रेष्ठ, मनमाया विक, मनिष खनाल, माधवबहादुर थापा, मोहनलाल आचार्य, यज्ञबहादुर बोगटी, रचना खतिवडा खत्री, रजनी श्रेष्ठ, रत्नाकुमारी थापा, रञ्जु दर्शना, रवीन महतो, रमेश कुमार मल्ल, रमेश कुमार सापकोटा, रमेश प्रसाई, रविन्द्र पटेल, राजकिशोर महतो, राजन गौतम, राजिव खत्री, राजेश कुमार चौधरी, राधिका रम्तेल, राम लामा, रिगला यादव, रिना उप्रेती, रुकेश रञ्जित, रुक्मिणीदेवी कोइराला, रेखाकुमारी यादव र रेनुका काउचाले आफ्नो भनाइ राखेका थिए ।
यसैगरी विशेष समयमा जगतप्रसाद जोशी, प्रकाशसिंह कार्की, राजेन्द्र कुमार राई, वर्षमान पुन, हर्कराज राई, ज्ञानबहादुर शाही, टीका सङग्रौला, नरेन्द्र कुमार केरुङ, भूमिका लिम्बु सुब्बा, नरेन राई, ठाकुरसिंह थारू, विष्णु बहादुर खड्का, क्रान्तिशिखा धिताल, ललिता कुमारी, रिमा विश्वकर्मा, उत्तरप्रसाद पौडेल, गणेश धिमाल लगायतले आफ्ना धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्