काठमाडौं ।
उपराष्ट्रपति रामसहाय यादव पश्चिम एसियाली देश कतारको औपचारिक भ्रमणमा जाँदै छन् । मंगलबारबाट सुरु हुने भ्रमण बिहीबार सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।कतारका पूर्व आमिर शेख हमद बिन खालिफा अल थानीप्रति नेपाल सरकारका तर्फबाट उपराष्ट्रपति यादवले श्रद्धाञ्जलिपत्र अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ।
उच्च अधिकारीसहित कतार जाने टोलीमा उपराष्ट्रपति यादवसँग को–को सहभागी हुनेछन् भन्ने विवरण परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।२१ जनवरी १९७७ मा पञ्चायतकालमा नेपाल र कतारबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
कतार हाल नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये एक हो ।दुई वर्षअघि कतारका आमिरले नेपालको औपचारिक भ्रमण गरेका थिए ।
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्