काठमाडौँ।
राष्ट्रियसभाले एकैदिन छ वटा विधेयक पारित गरेको छ । सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो । उनले सभामै भनेका छन्, ‘आज राष्ट्रियसभाले गर्वका साथ भन्न सक्छ कि, चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि समितिको प्रतिवेदनसहित र दुई वटा आश्रित विधेयक सभामै छलफल गरि एकैदिन पारित गरि प्रतिनिधिसभमामा पठाउन सफल भएका छौँ ।’
सभाध्यक्ष दाहालले भनेजस्तै सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गरेको छ । राष्ट्रियसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका छन् ।
यसबाहेक थप दुई वटा विधेयक पनि राष्ट्रियसभाले बिहीबार नै पारित गरेको छ । आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ समेत राष्ट्रियसभाले पारित गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्