ग्लोबल आइएमई बैंकद्धारा १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान



कोहलपुर ।

ग्लोबबल आइएमई बैंकले आफ्नो १९औँ वार्षिकत्सवको उपलक्ष्यमा नेपालगञ्जमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार बैंकका नेपालगञ्ज क्लस्टर प्रमुख जोगलाल भुसालको प्रमुख आतिथ्यतामा रक्तदान सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बैंकले रक्तादन कार्यक्रम सञ्चालन गरेको बैंकका नेपालगञ्ज क्लस्टर प्रमुख भुसालले बताए ।

उनका अनुसार रक्तदान कार्यक्रममा ५२ जनाले रक्तादन गरेका हुन् । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका रक्तादन कार्यक्रम सञ्चालन भएको ग्लोबबल आइएमई बैंक नेपालगन्ज शाखा प्रबन्धक डिल्ली राज भुसालले जानकारी दिए । आउने दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई बैंकले निरन्तरता दिने समेत उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहभागी भएर रक्तादन गर्ने रक्तदाता, कर्मचारी लगायत सबैलाई उनले धन्यवाद समेत प्रदान गरेका थिए । बैंकले वार्षिकोत्सवको दिनमा मात्र नभइ अन्य दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गर्दै आएको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार