कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ । कोहलपुर–८ को वडा कार्यालयको आर्थिक सहयोगमा वडाभित्र रहेका २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहारअन्तर्गत पौष्टिक आहार वितरण गरिएको कोहलपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लालबहादुर रानाले बताए ।
पौष्टिक आहारअन्तर्गत एक क्यारेट अण्डा, एक लिटर खानेतेल, ब्रस र मन्जन एक थान, साबुन एक थान, नुन एक प्याकेट, बदाम दाना साढे एक किलो, हर्लिक्स एक थान रहेको वडाध्यक्ष रानाले बताए । ‘वडाभित्र रहेका सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक आहार उपलब्ध गराएका छौँ,’ उनले भने, ‘पौष्टिक आहार वितरण कार्यलाई चौमासिक रूपमा गरिनेछ ।’
महिलाहरूलाई सुत्केरी अवस्थामा विभिन्न पौषिलो खानेकुरा आवश्यकता पर्ने हुँदा पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष रानाले बताए । कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेका सुत्केरी महिलाहरूलाई पौष्टिक आहार वितरण गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सहभागीहरूले सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्