जनआस्था सहकारीको साधारणसभा सम्पन्न



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८आँै वार्षिक साधारणसभा सम्पन भएको छ । ४ सय ६९ सेयर सदस्य रहेको सो सहकारीले खासगरी कृषि क्षेत्रमा समूह निर्माण गरी लगानी गर्दै आएको संस्थाका प्रबन्धक बिनोद सिंह सावन्तले जानकारी दिए ।

उनले हाल विभिन्न ३ वटा समूहमार्फत बीउ तथा बिरुवा उत्पादन गर्ने, महिलालाई आत्मनिर्भर बनाउने खालका विभिन्न सिपमूलक व्यवसाय सञ्चालनको लागि लगानी गर्दै आएको बताए । १ करोड ७५ लाखको वार्षिक कारोबार गरेको सो संस्थाले करिब डेढ करोड कृषि क्षेत्रका लागि बीउबिजन उत्पादन तथा विभिन्न सिपमूलक व्यवसाय सञ्चालनका लागि लगानी पनि गरेको जनाएको छ ।

सो सहकारीका पूर्व सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सनतकुमार रेग्मी, स्वागत मञ्जु कोईरालाले गरेको कार्यक्रममा हरीप्रसाद पौडेल लगायतले वार्षिक साधारणसभाको शुभकामना व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार