कोहलपुर (बाँके) ।
जनउद्यान सामुदायिक लघुुवित्त वित्तीय संस्था शाखा कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रूपैयाँँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । शाखामा कर्जा बीमा गरेका सेयर सदस्यको निधनपछि पीडितका परिवारलाई ४ लाख रूपैयाँँ बीमा हस्तान्तरण गरेको हो ।
शाखा कार्यालयका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ । संस्थाका शाखा प्रमुख हंश नेपालीले शाखाअन्तर्गत गठित समूहमा सितली दमाई आधिकारिक रूपमा दर्ता भएकी सदस्य भएको बताए । सितलीले कर्जा लिँदा साक्षीका रूपमा श्रीमान् जैदे दमाईलाई राखेकी थिइन् । जैदेको साउन महिनामा कालगतिले निधन भएको थियो ।
संस्थामा आधिकारिक रूपमा दर्ता सदस्यकी रूपमा रहेकी सितलीलाई उनको घरमा पुगेर ४ लाखको चेक हस्तान्तरण गरेको शाखा प्रमुख नेपालीले मिसन टुडे दैनिकलाई जानकारी दिए । संस्थाबाट बीमा रकमवापत ४ लाख रूपैयाँँ प्राप्त गरेपछि सितलीले खुसी प्रकट गरिन् । उनले भनिन्, ‘श्रीमान्को दुःखद् निधन भयो । हाम्रो घरको आर्थिक अवस्था नाजुक छ । यो रकमले केही व्यवसाय गर्नेछु ।’
यता, सदस्यहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको बताए ।
परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धिमा योगदान पु¥याउने शाखा प्रमुख नेपालीको भनाइ छ । चालू आर्थिक वर्षमा मात्रै पाँचजना परिवारलाई बीमा रकमवापत रकम हस्तान्तरण गरिसकेको जनउद्यान सामुदायिक लघुुवित्त वित्तीय संस्था शाखा कार्यालय ककौरा बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्