ललितपुर ।
उच्च अदालत बार एशोसिएशन पाटनमा अधिवक्ता सेवन्तराज निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको निर्वाचनमा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी र नेपाल लयर्स एशोसिएसन (पिपिएलए–एनएलए)को तर्फबाट अधिवक्ता निरौलाको प्यानल विजयी बनेको हो ।
अध्यक्षमा निरौलाले ११५२ मत ल्याएका हुन् । उनका प्रतिस्पर्धीहरू भेषराज पोखरेलले १९९ र देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा दुर्गाप्रसाद चिमरियाले १०६२, सचिवमा राजीव पोखरेलले १०४५, सहसचिवमा सिमा सुवेदीले १०५३ र कोषाध्यक्षमा दिलकुमार कार्कीले १०८८ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी अनिता पौडेलले ११६९, इन्दिराकुमारी शर्माले १०५५ र बबिता राईले १०१५ मत प्राप्त गरी महिला सदस्य भएका छन् ।
खुला सदस्यतर्फ विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैया ढुंगाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार साह र मात्रिका खनाल विजयी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्