सुदूरपश्चिम सरकारद्वारा बडीमालिका–रामारोशन संरक्षित क्षेत्र घोषणा



धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले बडीमालिका र रामारोशन क्षेत्रलाई संरक्षित वन क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश वन ऐनअनुसार त्यस क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । संरक्षित क्षेत्र राष्ट्रिय निकुञ्ज तथा आरक्ष जस्तो नभई समुदाय र व्यवस्थापन समितिद्धारा संरक्षणका विविध कार्यक्रमहरु सञ्चालन हुने जनाइएको छ ।

बाजुराका दुई वटा स्थानीय तह बडीमालिका र त्रिवेणी नगरपालिका र अछामको रामारोशन गाउँपालिकालाई त्यस घोषणाका साथ आबद्ध गरिएको छ । ४९८ वर्गकिलोमिटर क्षेत्र समेटिने निर्णय गरिएको छ ।१९ गतेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार