काठमाडौँ ।
नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिजअन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ । नयाँ सार्वजनिक भएका मोडलहरु उच्च स्तरका रहेका छन् । जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ । घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफीवाइन र लिफी ब्लु जस्ता उत्कृष्ट रङ तथा डिजाइनमा उपलब्ध गराइएका छन् ।
नयाँ सिजी मेरिडिया फ्रिजका विभिन्न प्रमुख विशेषताहरुमा यसमा प्रयोग भएको अत्याधुनिक कम्प्रेसरले बिजुलीको अधिकतम बचत गर्नुका साथै ११० भोल्टको कम भोल्टेजमा पनि सहजै र निर्बाध रूपमा काम गर्छ । उन्नत कुलिङ प्रविधिमार्फत फ्रिजभित्रको तापक्रमलाई छिटो र प्रभावकारीरूपमा सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ टेक्नोलोजी र एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेशग रिएको छ ।
ताजगी र भण्डारणअन्तर्गत फलफूल र तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस र धेरै तरकारी एकैपटक भण्डारण गर्न सकिने जम्बो भेजिटेबलट्रेको व्यवस्था गरिएको छ । ड्राइ बास्केटर एप्रोनअन्तर्गत नेपाली भान्सामा प्याज, आलुजस्ता बाहिर राख्नुपर्ने कुराहरूका लागि मोडलहरूमा छुट्टै ड्राइबास्केट उपलब्ध गराइनेछ । जुन व्यावहारिक रूपमा ग्राहकका लागि निकै उपयोगी छ । त्यस्तै, कम बजेटमा प्रिमियम लुक्स र डिजाइन चाहने ग्राहकहरूका लागि मोडलहरूमा आकर्षक एप्रोन बेस राखिएको छ । भण्डारणका लागि सबै मोडलमा लकएन्डकीको सुविधा छ ।
सिजी मेरिडिया सिजी ब्रान्डको प्रिमियम सिग्नेचर सिरिज हो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र विलासीपनको अनुपम संयोजनबाट यस सिरिजका उपकरणहरू तयार पारिन्छन् । आधुनिक जीवनशैलीलाई अझै परिष्कृत र सुविधायुक्त बनाउने उद्देश्यले डिजाइन गरिएको सिजी मेरिडियाले घर र भान्साको शोभा बढाउनुका साथै ग्राहकहरूलाई उच्चस्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको छ । सिजी ब्रान्डका यी नयाँ ‘मेरिडिया सिरिज’ फ्रिजहरू देशभररहेका २१ वटा अत्याधुनिक सिजी डिजिटलका शोरुमहरु रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्