काठमाडौँ।
हिरो मोटोकर्पको विद्युतीय मोबिलिटी ब्रान्ड भिडा नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा भिडा भिएक्स२ गो र भिडा भिएक्स२ प्लस इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाली बजारमा भिडा भिएक्स२ गो र भिडा भिएक्स२ प्लस गरी दुई भेरियन्ट उपलब्ध गराएको जनाएको छ ।
आधुनिक डिजाइन, रिमुभेबल ब्याट्री, स्मार्ट कनेक्टिभिटी, डिजिटल डिस्प्ले, एलईडी लाइटिङ तथा विभिन्न राइडिङ मोडसहित यी स्कुटर बजारमा ल्याइएका हुन् ।
भिडा भिएक्स२ गो मा २.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । यसको मूल्य रु. २ लाख ९९ हजार निर्धारण गरिएको छ ।
त्यसैगरी भिडा भिएक्स२ प्लस मा ४.४ किलोवाट–घण्टा क्षमताको डुअल रिमुभेबल ब्याट्री जडान गरिएको छ । यसले एकपटकको पूर्ण चार्जमा १८७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यो भेरियन्टको मूल्य ३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सिजी मोटर्सका अनुसार भिडा इलेक्ट्रिक स्कुटर हिरोको देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत उपलब्ध हुनेछ । कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको सहज उपलब्धता तथा वारेन्टी सुविधालाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्