विद्यार्थीलाई मोटिभेसन तालिम



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एकदिने प्रेरणा (मोटिभेसन) तालिम प्रदान गरिएको छ । ॐ शान्ति कोहलपुर–१० बाँकेको आयोजनामा एकदिने मोटिभेसन तालिम सम्पन्न भएको हो । त्रिभुवन माध्यमिक विद्यालयमा प्लस टु मा अध्ययनरत विद्यार्थीहरूलाई सकारात्मक सोचतर्फ आकर्षित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

प्रेरणा (मोटिभेसन) तालिम कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिममा सहभागी विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त जीवन प्रबन्धन तथा माइन्ड मेमोरी एक्सपर्ट डा.रोजयोगी एल.पी पोखरेलले मोटिभेसन सम्बन्धी प्रशिक्षण गरेका थिए ।

उक्त अवसरमा बोल्दै श्रेष्ठले विद्यार्थीले सिकाईको रूपमा सधै सकारात्मक कुरा ग्रहण गर्नुपर्ने बताए । उनका अनुसार प्लस टु तहका विद्यार्थीहरूले सामाजिक विकासका लागि सकारात्मक भूमिका खेल्नुपर्छ । यसैगरी, प्रमुख प्रशिक्षक पोखरेलले विद्यार्थीहरूले कसरी ज्ञान आर्जन गर्ने, ज्ञान आर्जनको तरिकाका बारेमा जानकारी गराएका थिए ।

तालिममा सहभागी १५० जना विद्यार्थीहरूले प्रशिक्षक पोखरेलसँग अन्तक्र्रियासमेत गरेका थिए । ब्रह्रमाकुमारी मुना दिदिको सभापतित्वमा सम्पन्न भएको एकदिने प्रेरणा (मोटिभेसन) तालिममा ओम शान्ति कोहलपुरका सञ्चालिका ब्रह्रमाकुमारी इन्दिरा दिदिसहित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २० गते शनिबार