शेयरबजार परिसूचक नेप्से आज पनि १४ अंकमाथिले घटेको छ । अघिल्लो दिन २६ अंकले नेप्से घटेको बजारमा आज थप १४.४५ अंकले घट्दै २ हजार ६६०.०२ अंकमा झरेको हो ।
खासगरी पुँजीबजारमा ठूला खेलाडी, दीपक भट्ट, सुलभ अग्रवालको पक्राउपछि तरंगित बजारमा थप सोही कनेक्सनमा पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसमेत अनुसन्धानमा तानिएपछि बजार थप प्रभावित बन्न पुगेको हो ।
फाइनान्स र ट्रेडिङ समूहको उपसूचक बाहेक आज अरु ११ वटा उपसूचक ऋणात्मक भएका छन् । २०० कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा ६४ वटा कम्पनीको मात्र मूल्य बढेको छ ।
आज टक्सार पिकुवा खोला हाइड्रोपावर कम्पनी र यम्बलिङ हाइड्रोपावरको शेयर मूल्य समान १५ प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावरको शेयर मूल्य १४.६९ ले बढेको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार १० गते बुधबार









प्रतिक्रिया दिनुहोस्