प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने विपक्षी दलको निर्णय



काठमाडौँ ।

विपक्षी दलहरूले संसदबारे पुरानो निर्णयलाई दोहोर्‍याएका छन् । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पुरानै निर्णय दोहोर्‍याएको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

आजको बैठकले ‘प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म ससद चल्न नदिने’ निर्णय दोहोर्‍याएको महरले बताए ।

प्रधानमन्त्री शाहले सदको रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । सोही मुद्दालाई लिएर विपक्ष दलहरूले मंगलबारको बैठक पनि अवरोध गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार