जुम्ला ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले गुठीचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढालाई स्पष्टिकरण सोधेको छ । बुढा नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गर्न लागेको भन्ने चर्चा सामाजिक सञ्जालमा फैलिएको भन्दै कांग्रेसले औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो ।
कांग्रेस जुम्लाले पठाएको पत्रमा सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाका आधारमा तीन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको उल्लेख छ । यदि पार्टी परित्याग गरेको विषय सत्य ठहरिएमा नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत पत्रमा दिइएको छ ।
प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्