विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने कार्यले निरंकुशताको झझल्को दिन्छ : कामु प्रधानन्यायाधीश मल्ल



काठमाडौँ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यले निरंकुशताको झझल्को दिने बताएकी छन् ।

शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन् । सम्बाेधनका क्रममा उनले औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य विधिको शासनमा विश्वास गर्नका लागि सैह्य नहुने बताइन्  ।

उनले भनिन्, ‘विधिको शासनविरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ । यस्तो भएन भने संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतः सुरक्षित भइरहन्छ भनेर हामी मान्न सक्दैनौँ ।’

उनले संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भए पनि विधि र विधिसंगतको अपेक्षा राख्नेको सपना भंग हुने तर्क गरिन् । संविधान राज्य सञ्चालनको कानुनी दस्तावेज मात्र नभएर नागरिकको जीवन पद्धतिको रूपमा रहनुपर्ने उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार