निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । जिल्ला तथा नगर उद्योग वाणिज्य समूहअन्तर्गत दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
काठमाडौँ ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले श्रेष्ठ अध्यक्ष भएका हुन् । यसअघि उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा थिए । अन्य पदमा भने निर्वाचन भएको थियो, जसको नतिजा बुधबार सार्वजनिक गरिएको हो ।
अरु को को भए विजयी ?
यसपटक जिल्ला तथा नगर उद्योग वाणिज्य समूहअन्तर्गत दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ मत प्राप्त गरे भने श्रेष्ठले ८० मत ल्याए । उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमशः ५७ र ३४ मत पाए । वस्तुगत समूहअन्तर्गत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भए । उनले ६३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे।
एसोसिएट समूहतर्फ उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे विजयी भए । उनले १ हजार ७९ मत ल्याउँदै स्पष्ट जित हासिल गरे भने उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरिन् । श्रेष्ठ महासंंघको निवर्तमान उपाध्यक्ष हुन् । जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ १५ जना कार्यसमिति सदस्य चयन भएका छन् ।
निर्वाचित हुनेहरूमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् । महिला कोटातर्फ गीता अमात्य र हिरा भट्टराई सदस्यमा निर्वाचित भएका छन् ।
प्रदेशगत प्रतिनिधित्व
प्रदेशगत संरचनाअनुसार जिल्ला÷नगर समूहबाट १४ जना सदस्य चयन भएका छन् । कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा तथा बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी चयन भएका छन् ।
कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित हुँदा सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् । त्यस्तै वस्तुगत समूहअन्तर्गत १३ जना कार्यसमिति सदस्य चयन भएका छन् । निर्वाचित हुनेहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान र संघर्ष विष्ट रहेका छन् ।
यसैगरी सागर ढकाल र होमप्रसाद घिमिरे पनि सदस्यमा निर्वाचित भएका छन् । चार जना उम्मेदवारले समान ५०÷५० मत ल्याएर बराबरी गरेका छन् । महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छन् । वस्तुगत महासंघतर्फबाट प्रतिनिधित्व गर्ने दुई सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे निर्वाचित भएका छन् । एसोसिएट समूहअन्तर्गत १७ जना कार्यसमिति सदस्य चयन भएका छन् ।
निर्वाचित हुनेहरूमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने रहेका छन् । यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा पनि निर्वाचित भएका छन् । महिला कोटातर्फ अभिज्ञा मल्ल र जुना माथेमा सदस्यमा विजयी भएका छन् ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ एक सदस्य चयन हुने प्रावधानअनुसार मनोज पौडेल निर्वाचित भएका छन् । संस्थापक सदस्य समूहबाट दुई सदस्य चयन भएका छन्, जसमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भएका छन् । यो कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ ।









प्रतिक्रिया दिनुहोस्