मुलुक आर्थिक समृद्धि उन्मुख : मुख्यमन्त्री कार्की



मोरङ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको बताएका छन्।विराट व्यापार सङ्घको २६ औँ साधारण सभाको बुधबार विराटनगरमा उद्घाटन गर्दै उनले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुँदा आर्थिक गतिविधि वृद्धि हुने धारणा बताउनुभयो ।

उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र राष्ट्रिय पुँजीको विकास सम्भव हुने धारणा राखे।मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासमा अघि बढ्ने बताए। कार्यक्रमका वक्ताहरुले खुला सीमाका कारण हुने चोरी तस्करी नियन्त्रणका लागि सरकारी निकाय बढी संवेदनशील बन्न माग गरेका थिए।विराट व्यापार सङ्घको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार