कोहलपुर ।
कोहलपुर १४ स्थित हवल्दारपुर कभर्ड हलमा सञ्चालित ‘प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ । वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगिताको मेन्स डबल्स ‘ए’को उपाधि जोन जसराज र आन्द्रेश लिम्बुले हात पारेका छन् ।
कोहलपुर ब्याडमिन्टन क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रबिन केशी र मदन खड्कालाई हराउँदै मेन्स डबल्स ‘ए’को उपाधि उचालेका हुन् । यस्तै रबिन केसी र मदन खड्का द्वितीय, तृतीयमा हरि कुवर र जितेन्द्र तथा विनय चौधरी र सुप्रिम पन्त भएका हुन् । विजेताले नगद ७५ हजार, द्वितीयले ४० हजार, तृतीयद्वय टिमले १५÷१५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा मेन्स डबल्स ‘बी’को उपाधि अनिल लाखे र अनुपम न्यौपानेले उचालेका छन् । द्वितीय अरुन गौतम, अवयलाल श्रेष्ठ र तृतीयमा कर्ण विक र नरेन्द्र बम तथा इन्द्रबहादुर गुरुङ र कृष्ण ओली भएका हुन् । उनीहरु सबैले क्रमशः ५० हजार, ३० हजार, १५÷१५ हजार नगदसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।
भेट्रान्स डबल्स खुलाको उपाधि क्षितिज खनाल र देवराज रानाले उचालेका छन् । द्वितीय स्थान भने बलराम क्षेत्री र विवेक न्यौपाने, तृतीय स्थान विनोद पौडेल र अर्विन श्रीपाली तथा विवेक चौधरी र हिमान्सु कुँवर मगरले हासिल गरे । प्रथमले ४० हजार, द्वितीयले २० हजार, तृतीयले समान १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।
मेन्स डबल्स बाँके जिल्लास्तरीयको उपाधि पवन पुन र कृष्ण रानाले उचाले । यस्तै द्वितीय स्थान सुरज गुप्ता र सुमन खत्री तथा तृतीय स्थान रियाज अन्सरी र कबिराज केशी तथा इरफान अन्सरी र सुरेश चन्दले हासिल गरे । उनीहरुले क्रमशः ३५ हजार, १५ हजार र ५÷५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
केन्स डबल्स कोहलपुर नगरपालिकास्तरीय विधाको उपाधि मुसकान केसी र अनिल लेखले उचालेका छन् । त्यस्तै द्वितीय स्थानमा सुरज गुप्ता र पवन पुन तृतीय स्थान अर्जुन बुढामगर र लेस बहादुर घर्ती तथा दिपकराज बम र राजन भण्डारीले हासिल गरे । उनीहरुले क्रमशः ३५ हजार, १५ हजार, ५÷५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पहिलोपकट कोहलपुरमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुनु सुखद पक्ष रहेको नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बताए । उनले खेलकुदको माध्यमबाट युवाहरुलाई स्वस्थ राख्न कोहलपुर र नेपालगन्जका सधैँ एकबद्ध भएर लागिपरिरहेको बताए ।कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरलाई खेलकुदको माध्यमबाट चिनाउन नगरपालिका लागिपरेको बताए ।
नगरपालिकाले युवाहरुलाई खेलकुदमा लाग्न अभिप्रेरित गर्ने बताउँदै उनले कुलतबाट बचाउन पनि खेलको महत्वपूर्ण भूमिका रहने बताए ।
खेलकुदको उदीयमान सहर कोहलपुरलाई प्रतियोगिताले खेलकुदको समग्र विकास र युवाहरूको प्रतिभा पहिचान गर्न मद्दत पुगेको क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले बताए । उनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै आगामी दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्