नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य



काठमाडौं ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले यूएईसामु २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २ सय रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ९० बलमा ५ चौका र २ छक्का हाने।

दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा दीपेन्द्रको यो छैटौँ अर्धशतक हो। ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए। बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भीम सार्कीले १० रन थपे। आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाए।

करण केसीले २२ रन बनाए।  यूएईका लागि अजय कुमारले ३ विकेट लिए। खुजैमा तनविर र जुनैद सिद्दिकीले समान २ विकेट लिए। हैदर अली र मुहम्मद सहदादले समान एक विकेट लिए।  यूएईले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार