बाजुरामा २६ थान हातहतियार बुझाइयो



बाजुरा ।

जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि बाजुराका स्थानीयले २६ थान हातहतियार तथा खरखजनाहरू बुझाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हालसम्म २६ थान हातहतियार बुझाएको बताएका छन् । तोकिएको समयभित्र प्रहरी कार्यालय तथा प्रशासनमा जिल्लाभरबाट घरेलु २६ थान हातहतियार बुझाएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ पुस २९ गते सार्वजनिक सूचना जारी गर्दै आगामी निर्वाचनलक्षित जिल्लाभित्र ईजाजतप्राप्त गरेका वा नगरी व्यक्तिगत रूपमा राखेका हातहतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको थियो । त्यस्तै प्रशासनले तोकिएको समयभित्र बुझाउन नसकेकाले अहिले पनि त्यस्ता हातहतियार नजिकको प्रहरी कार्यालय वा प्रशासनमा बुझाउन सकिने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार