गगन पक्षले निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर संख्या २६ सय ५२



काठमाडौँ ।

गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसले विशेष महाधिवेशनमा सहभागी भएका २६ सय ५२ प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको खुलेको छ । बिहीवार आयोगमा बुझाइएका प्रतिनिधिको हस्ताक्षर संख्या २६ सय ५२ रहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।

‘हिजो हामीले निर्वाचन आयोगमा २ हजार ६ सय ५२ जनाको हस्ताक्षर बुझाएका छौं, सो संख्या कायम ४ हजार ६ सय ३८ जनाको ५७ दशमलव १७ प्रतिशत हो,’ घिमिरेले  भने । यसअघि विशेष महाधिवेशनमा कति प्रतिनिधिले हस्ताक्षर गरे भन्ने यकिन भएको थिएन ।

असोज २८ गते विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशत थियो । हस्ताक्षर गरेका मध्ये २४ जनाले फिर्ता लिएका थिए । कांग्रेसको अर्को पक्षले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेको संख्या ५१ प्रतिशत नपुगेको दाबी गरे पनि आयोगमा बुझाइएको आधिकारिक डकुमेन्टमा २६ सय ५२ जनाको हस्ताक्षर रहेको खुलेको हो ।

महामन्त्री घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि हस्ताक्षर नगरेका थप १ हजारभन्दा बढी प्रतिनिधिले प्रतिनिधिले आफूहरूसँग प्रतिबद्धता जनाएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार