भक्तपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



भक्तपुर ।

भक्तपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमना डेरा गरी बसेकी ३८ वर्षीया लालमाया तामाङको हत्या भएको हो।

उनीमाथि सिलौटा प्रहार गरी हत्या गरेको आरोपमा ३७ वर्षीय लनाम तामाङलाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट टोली खटिएको थियो।

प्रहरीले घटना सम्बनधी थप अनुसन्धान अघि बढाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार