काठमाडौँ ।
गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
काठमाडौँमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादा माला लगाएर स्वागत गरे ।
समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहेका छन् ।
स्वतन्त्र वाम समूहमार्फत दाङ लगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौँमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिनेछ।
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्