काठमाडौं ।
सिर्जना सिज्जु नामबाट परिचित सिर्जना ओलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी छन् ।सिर्जनाले आज सामाजिक सञ्जालबाट समानुपातिकको सूचीबाट नाम फिर्ता लिएको जानकारी दिएकी छन् ।
उनले समानुपातिकका लागि बालेन्द्र साहको समूहबाट प्रस्ताव आएको र त्यो प्रस्ताव स्वीकार गरेर सूचीमा समावेश भएको जनाएकी छन् ।उनले प्रस्ताव स्वीकार गरेर समानुपातिकमा परेपछि आफूलाई आलोचना र सुझाव प्राप्त भएको जनाउँदै त्यसका आधारमा सूचीबाट नाम फिर्ता लिएको बताएकी छन् ।
उनले आफूसँग नेपालको पर्यटनबारे ज्ञान र अनुभव रहेको बताउँदै राजनीतिबाहिर बसेर पनि देशलाई योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्