काठमाडौँ :आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा सुरक्षा चासोको कारण देखाउँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आफ्नो राष्ट्रिय टोलीलाई भारत नपठाउने आधिकारिक घोषणा गरेको छ । आइतबार ४ जनवरी २०२६ मा बसेको बोर्डको आकस्मिक बैठकपछि बीसीबीले एक विज्ञप्ति जारी गर्दै ‘पछिल्लो २४ घण्टाका घटनाक्रम’लाई यो कडा निर्णयको मुख्य कारण बताएको छ ।
बीसीबीले भारतमा बंगलादेशी टोलीको सुरक्षालाई लिएर ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । यो निर्णय बंगलादेश सरकारले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दिएको सल्लाहका आधारमा लिइएको बीसीबीले जनाएको छ । बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई बंगलादेशका सबै खेलहरू भारत बाहिरका अन्य स्थानमा सार्न औपचारिक अनुरोधसमेत गरेको छ ।
यसैगरी वर्तमान अवस्थामा खेलाडी, पदाधिकारी र अन्य सरोकारवालाहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय टोली भारत भ्रमणमा नजाने बोर्डले निर्णय गरेको छ । ‘खेलाडी, टोलीका पदाधिकारी, बोर्ड सदस्य र अन्य सरोकारवालाहरूको सुरक्षा र भलाइका लागि यो कदम आवश्यक छ भन्ने बोर्डको विश्वास छ,’ बीसीबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्