क्यानद्वारा सन् २०२६ को क्यालेन्डर सार्वजनिक



काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।

जसअनुसार जनवरीमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ भने फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्दै छ । महिला टोलीको प्रिमियर कप पनि प्रस्तावित छ । मार्चमा पुरुष टिमले लिग २ को शृंखला खेल्ने छ भने महिला टोलीले पनि बाइल्याटरल सिरिज खेल्ने उल्लेख छ । यू–१९ टिमले भुटानको भ्रमण गर्ने पनि उल्लेख छ ।

अप्रिलमा नेपाल ‘ए’को शृंखला हुनेछ भने महिलाको पनि शृंखला हुनेछ । यू–१९ महिलाको पनि शृंखला समावेश छ । मे महिनामा पुरुष टिमले लिग २ देखि टी–२०आई शृंखला खेल्नेछ । नेपाल ‘ए’ र महिला टोलीको पनि शृंखला हुनेछ । जुन महिनामा पुरुष टिमले टी–२०आई शृंखला खेल्ने उल्लेख छ । यू–१९ महिला टिमले मलेसिया भ्रमण गर्नेछ । जुलाईमा पुरुष टोलीको लिग २ शृंखला हुनेछ ।

महिला एसिया कप पनि हुनेछ । यू–१६ इस्ट जोन कप पनि यसै महिना हुनेछ । अगस्टमा पुरुषको एसीसी प्रिमियर कप हुनेछ भने कुवेतसँग टी–२०आई शृंखला पनि हुनेछ । टप एन्डमा यस वर्ष पनि सहभागिता जनाउने उल्लेख छ । सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज हुनेछ भने महिलाको पनि यूएईसँग शृंखला हुनेछ ।

अक्टोबरमा पुरुष टिमको लिग २ शृंखला हुनेछ भने महिला टिमको पनि त्रिदेशीय शृंखला हुने उल्लेख छ । नोभेम्बरमा नेपाल प्रिमियर लिग क्रिकेट हुनेछ भने डिसेम्बरमा महिला र पुरुष दुवैको अन्तर्राष्ट्रिय शृंखला हुने उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार