काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् । ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् ।
भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् । बालेनले बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् ।
यसअघि उनले रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद, जेनजी अगुवा लगायतसँग छलफल गरिसकेका छन् ।
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्