काठमाडौँ ।
जगदम्बा मोटर्सअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौँ र चितवनमा विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअनुसार काठमाडौँ र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३ मा) विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ ।
काठमाडौँ उपत्यकामा यो कार्यक्रम फाइन डाइन एन्ड इभेन्ट्स, ललितपुरमा हुने छ भने चितवनको मिलनचोकस्थित शोरुममै आयोजना हुनेछ। तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्स्चेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६.९९ लाखबाट सुरु हुनेछ । यो गाडीले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मीमी ग्राउण्ड क्लियरेन्स तथा एनइडीसी रेन्ज ४९२ तथा ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मीमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्