सिद्घार्थका ग्राहकले चम्पादेबी रिसोर्टमा छुट पाउने



काठमाडौँ ।

सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार दक्षिणकाली, काठमाडौँस्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै एसबीएलएनपीएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबीएलएनपीएलसिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत एसबीएलएनपीएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास सिद्धार्थ बैंकले लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार