काठमाडौँ ।
भायानेट कम्युनिकेशनले उच्च गति, भरपर्दो र किफायती इन्टरनेट लक्षित नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ बजारमा ल्याएको छ । योजनामा १००, २०० र ३०० एमबिपिएसको इन्टरनेट उपलब्ध छ । २०० एमबिपिएसको वार्षिक प्याकेज ११ हजार २०० (करसहित) तय गरिएको छ ।
२०० एमबिपिएस वा सोभन्दा माथिको वार्षिक प्याकेजमा एक महिना इन्टरनेट निःशुल्क सुविधा तथा पहिला आउने ग्राहकलाई प्राथमिकता दिँदै ‘सेम डे सपोर्ट सुविधा’ उपलब्ध गराएको छ । जसअन्तर्गत दिउँसो ३ बजेअघिको इन्टरनेट गुनासो सोही दिन प्राथमिकतामा समाधान गरिने कम्पनीले जनाएको छ ।
ग्राहक अनुभव सुधार गर्न भायानेटले सामान्यतया ३ पर्ने मेश राउटरलाई २ हजार पाँच सय रूपैयाँमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार नयाँ प्याकले छिटो र भरपर्दो इन्टरनेट चाहने नयाँ तथा विद्यमान दुवै ग्राहकलाई लक्षित गरेको छ ।
प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्