पक्राउ पर्नेमा बैजनाथ–३ का ५८ वर्षीय कहर सिंह थापा मगर, दाङको साविक फूलबारी गाविस वडा नम्बर ५ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–८ बस्ने ६२ वर्षीय खिमलाल पाण्डे र बैजनाथ गाउँपालिका–६ का ५३ वर्षीय नेत्रविक्रम थारू रहेका छन् । पक्राउ परेका थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा डिप बोरिङ निर्माणमा झुुठा बील भरपाई गरी भ्रष्टाचार गर्ने तीन जना पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका रहेका तीनजना एकैपटक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–३ का तत्कालीन वडा सदस्य, लेखापाल र सवओभरसियर रहेका छन् ।
पक्राउ पर्नेमा बैजनाथ–३ का ५८ वर्षीय कहर सिंह थापा मगर, दाङको साविक फूलबारी गाविस वडा नम्बर ५ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–८ बस्ने ६२ वर्षीय खिमलाल पाण्डे र बैजनाथ गाउँपालिका–६ का ५३ वर्षीय नेत्रविक्रम थारू रहेका छन् । पक्राउ परेका थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका थिए । पाण्डे त्यतिबेला लेखापाल र थारू प्राविधिक पदमा कार्यरत थिए ।
उनीहरूलाई भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौँको २०७६ भदौ २३ गतेको फैसलाले कैद सजाय र जरिवाना तोकेको थियो । तीनैजनाविरुद्ध ३ महिना कैद र जनही ३७ हजार ९२१ रूपैयाँ जरिवाना तोकिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार तीनैजनालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाएको छ ।
बाँकेको साविक नौवस्ता गाउँ विकास समिति वडा नम्बर ४ मा आर्थिक वर्ष २०७१–०७२ मा डिप बोरिङ निर्माण सम्पन्न भएकोमा हालसम्म सञ्चालनमा नआएको, इस्टिमेट अनुसार कार्य नगरी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारको तर्फबाट अनुसन्धान अधिकृत सविन कोइरालाले विशेष अदालत काठमाडौँमा उजरी दिएका थिए । झुठा बील भरपाई पेश गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौँका न्यायाधीश कृष्ण गिरी र बालेन्द्र रुपाखेतीले फैसला गर्दै दोषी ठहर गरेका थिए ।
उक्त घटनाको अनुसन्धानको क्रममा सो मुद्दामा बैजनाथ गाउँपालिका ३ नम्बर वडा कार्यालयले २०७३ चैत २२ गते डिप बोरिङ योजना हाल सञ्चालनमा नरहेको भनी प्रतिक्रियासहित योजनासँग सम्वन्धित कागजातहरू आयोगमा पठाएको थियो । डिप बोरिङ योजना निर्माण गर्न तत्कालीन नौवस्ता गाविस सचिव खिमलाल पाण्डे र उपभोक्ता समितिका अध्यक्ष कहर सिंह थापाबीच २०७२ वैशाख ३१ गते सम्झौता भएको थियो । निर्माण कार्यको लागत इष्टिमेट रकम ४ लाख ४ हजार रहेको जनाइएको छ ।
उपभोक्ता समितिलाई गोश्वरा भौचर नम्बर ४५ मा २०७२ जेठ ३ गते दुई लाख पेश्की दिएको र ठेक्का बील र कार्य सम्पन्न प्रतिवेदनमा ४ लाख ४ हजार मूल्यांकन पश्चात पेश्की फर्छौट गरी गोश्वारा भौचर नं. ९३ मिति २०७२ असार २५ गतेबाट दुई लाख भुक्तानी भइ कूल रकम रु.चार लाख उपभोक्ता समितिलाई भुक्तानी भएको दिइएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले २०७४ कार्तिक २२ गते डिप बोरिङ निर्माण योजनाको स्थलगत निरीक्षण गरी पेश गरेको प्रतिवेदनमा कार्य सम्पन्न प्रतिवेदनमा डिप बोरिङ ३५० फिट उल्लेख भएको तर यथार्थमा २०० फिट मात्र खनिएको पाइएको थियो । पाइप ४ इन्च ३५० फिट उल्लेख रहेको तर १८० फिट मात्र जडान भएको र प्लेट फर्म निर्माण गर्ने काम कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भए पनि सो काम नभएको व्यहोरा उल्लेख भएको फैसलामा जनाइएको छ ।
फैसलामा निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका तत्कालिन वडा सदस्य थापाले झुठा बील भरपाई गर्न लगाई हानी नोक्सानी पु¥याएको र बाँके जिल्ला साविक नौवस्ता गाउँ विकास समितिका तत्कालिन वडा सचिव रहेका मुद्दा चालू हुँदा बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा नायब सुब्बा पदमा कार्यरत खिमलाल पाण्डेले लागत इष्टिमेट अनुसारको पूरा काम सम्पन्न नगरेको र सवओभरसियर नेत्र विक्रम थारूले दिएको गलत बील तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी गरेको भन्दै दोषी ठहर गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्