सामसङले दुई स्मार्टफोन सार्वजनिक गर्ने



बाँके ।

दक्षिण कोरियाली मोबाइल ब्राण्ड सामसङले एकैसाथ दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ती सामसङ ग्यालेक्सी ए–५६ र ए–३६ हुन् । कम्पनीले यी फोन आगामी महिना सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो कम्पनीको मिड रेन्ज अन्तर्गतको फोन हो । यी स्मार्टफोन ओएस अपडेटका साथ सार्वजनिक हुनेछ ।

फोनको अन्य विशेषता र मूल्य भने सार्वजनिक गरिएको छैन । ए सिरिज अन्तर्गत ए–५५ को मूल्य ६२ हजार ९ सय ९९८ (जिबी-२५६ जिबी) र ६६ हजार ९ सय ९९ (१२ जिबी-२५६ जिबी) रूपैयाँ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार