सुर्खेत, धर्मवीर पल्ली मगरको अध्यक्षतामा नेपाल निजामती कर्मचारी युनियन सुर्खेतको जिल्ला कार्यसमिति चयन भएको छ । सोमबार मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्ष (खुला) देवबहादुर नेपाली, उपाध्यक्ष (महिला) प्रतिमा थानी, उपाध्यक्ष (समावेशी) रिमा कुमारी कँडेल निर्वाचित भएका छन् भने सचिवमा महेशकुमार थापा, सह–सचिवमा लोमनकेशर खनाल र कोषाध्यक्षमा तपबहादुर बुढा निर्वाचि भएका छन् ।
(खुला) सदस्यहरूमा नरेन्द्रबहादुर हमाल, चक्रबहादुर केसी, रामबहादुर बुढा, प्रेमप्रकाश चपाई, मानबहादुर बस्नेत निर्वाचित भएका छन् । (श्रेणीविहीन) सदस्यहरूमा दण्डपाणि सुवेदी, सुरेशबहादुर कार्की, निर्वाचित भएका छन् । (महिला) सदस्यहरूमा मधु रेग्मी, पुष्पा आचार्य शर्मा, सदस्य (समावेशी)मा दिनेश विश्वकर्मा र खेमसिंह ठकुरी निर्वाचित भएका छन् ।
यस्तै, सो अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि, जिल्ला सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधि, प्रदेश विभागीय सभातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश विभागीय कार्यसमिति र प्रदेश विभागीय सभातर्फ प्रदेश अधिवेशन प्रतिनिधिहरू पनि चयन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्