‘सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?’



कैलाली, नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको विषयमा संघीय सरकारको जवाफ मागेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सभाले राजधानी तोके पनि कामकारबाही धनगढीबाटै भइरहेको भन्दै जवाफ माग गरेका हुन् ।
प्रदेशसभाले राजधानी गोदावरीलाई तोकेको थियो ।
उनले भने, ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ मा घोषणा ग¥यो । त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु ? संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म । आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ? यसको उत्तर कसले दिने हो ? अढाई वर्षदेखि यहीबारेमा मैले बोल्दै आएको छु । यसको जबाफ चाहिन्छ ।’

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार